काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ३ सय ३३ जनाको परीक्षण गर्दा १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ७ सय १३ पुगेको छ ।
साथै कोरोना संक्रमणका कारण ११ हजार ४ सय ४८ जनाको मृत्यु भइसकेको छ ।