काठमाडौं । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका दिन मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै निर्वाचनका दिन मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने जानकारी दिएको हो ।
निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरुमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाइ हुने भएकोले सो दिन खोप कार्यक्रम सञ्चालन नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
निर्वाचन अघि र पछिका दिनहरूमा खोप केन्द्रहरूमा कोभिड १९ विरुद्ध नियमित खोप अभियान सञ्चालन हुने भएकोले सबैलाई सकेसम्म चाँडो कोभिड १९ विरुद्धको खोप लगाई आफू र आफन्तलाई सुरक्षित राख्न पनि मन्त्रालयले आग्रह गरेको छ।