काठमाडौं । भारतमा पछिल्लाे २४ घण्टामा २,८९७ काेराेना संक्रमित थपिएका छन् भने ५४ जनाको मृत्यु भएको छ।
२४ घण्टाको अबधिमा २,८९७ काेराेना संक्रमित थपिएका भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २९०८ जना कोरोनाबाट निको भएका छन्। यससँगै निको हुनेको संख्या ४ करोड २५ लाख पुगेको छ । जबकी मृत्यु हुनेको संख्या ५ लाख २४ हजार नजिकै पुगेको छ। यस्तै सोमबार २,२८८ नयाँ संक्रमित भेटिएको थियो भने १० जनाको मृत्यु भएको थियो।