काठमाडौं । मुगुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र समर्थकबीच झडप भएको छ । बुधबार राति सोरु गाउँपालिका–३ भिईमा दोहोरो झडप भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
कांग्रेस समर्थकहरूले माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार बनेकी मनकला रोकायाको घरमा तोडफोड र आगजनी गर्ने प्रयास गर्दा झडप भएको थियो । प्रहरीका अनुसार झडप अहिले प्रहरी नियन्त्रणमा छ ।