काठमाडौं । पछिल्लाे २४ घण्टामा १२ जनामा काेरोना संक्रमण पुष्टि भएको छ । ३६२७ जनामा गरिएको परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।
यससँगै हालसम्म कोरोना संक्रमितको सक्रिय सङ्ख्या १५० पुगेको छ ।