काठमाडौं । अभिनेत्री सुरक्षा पन्त यति बेला कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी छिन् । नेपालमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन फ्रान्स पुगेकी हुन्।
नेपाल र इटालीका हिमालयमा छायांकन गरिएको फिल्ममा सुरक्षाको समेत मुख्य भूमिका छ ।
बुधबार राती आयोजित फिल्मको प्रिमियरमा उनी रेड कार्पेटमा वाक गरेकी थिइन् । यससँगै सुरक्षा विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली अभिनेत्री बनेकी छन् ।
कान्स फिल्म फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुनेछ।