काठमाडौँ । थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरका प्रयोगशालाबाट २ हजार ९२० नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १३३ रहेको छ ।








