काठमाडौँ – सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले आफुले विकासका निम्ति गरेको प्रतिवद्दता पुरा गरेरै छाड्ने बताएकी छिन्। सोमबार पदबहाली पछि उनले विकासका निम्ति गरेको प्रतिवद्दता पुरा गरेरै छाड्ने अभिव्यक्ति दिएकी हुन्।
पालिकाबासीलाई सम्वोधन गर्दै उनले भनिन्, ‘पहिलाको कार्यकालमा पनि नराम्रो काम गरेको कुनै आक्षेप नलाग्नु नै मेरो उपलब्धि हो। अबको ५ वर्षमा जाँदा जति सल्लाह-सुझाव आएको छ, जति मैले देखे र भोगे म ती सबै कुरा पूरा गर्ने अठोट लिएको छु।’
महिला उपाध्यक्षबाट महिलाहरुको हकहितका लागि काम गर्ने अपेक्षालाई पनि आफुले पुरा गर्ने उनको दावी छ। उनले सबै पालिकाको कार्य पारदर्शी बनाउन सबै सदस्यहरुलाई अनुरोध गरेकी छिन्।
हेर्नुहोस भिडियो :