Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

मङ्कीपक्सको डाबर कसरी छुट्टाउने, कतिबेला जाँच गर्ने ?

सुनाैलाे पाना  सुनाैलाे पाना
जेष्ठ १२, २०७९
in FEATURE, मुख्य समाचार, समाचार, स्वास्थ्य
0
मङ्कीपक्सको डाबर कसरी छुट्टाउने, कतिबेला जाँच गर्ने ?
161
SHARES
Share on FacebookShare on Twitter

हाम्रो शरीरमा धेरै कारणले डाबर आउन सक्छ। एउटा कारण मङ्कीपक्स भाइरस पनि हो। 

तर डाबर मङ्कीपक्स हो वा होइन भनेर थाहा पाउन के-के कुरामा ध्यान दिनुपर्छ र के जाँच गर्नुपर्छ?

सबैभन्दा पहिले त हामीले आफैलाई सोध्नुपर्छ: के म सङ्क्रमितको संसर्गमा पुगेको छु?

मङ्कीपक्स भाइरस सर्नका लागि सङ्क्रमितसँग नजिकको र लामो सम्पर्क हुनुपर्छ।

विश्वमा अहिले यो सङ्क्रमण भएका मानिसहरूको सङ्ख्या निकै न्यून छ। जसको अर्थ हो यसको सङ्क्रमण भइहाल्ने जोखिम निकै कम छ।

सङ्क्रमण फैलिइरहने अफ्रिकाका दुर्गम देशहरूमा पनि बालबालिकाहरूमा यसको सङ्क्रमण निकै कम छ।

मङ्कीपक्स भयो भने सबैभन्दा पहिले ज्वरोजस्तै लक्षण महसुस हुनसक्छ। थकान लाग्छ र जीउ तातेर बिसन्चो हुन्छ।

यसलाई चिकित्सकहरू शरीरका कोषहरूमा भाइरस प्रवेश गर्दा हुने “आक्रमण अवधि” भन्छन्।

हाम्रो रोगप्रतिरोधी क्षमता सङ्क्रमणविरुद्ध सक्रिय हुने भएकाले ग्रन्थिहरू सुन्निन थाल्छन्।                                   

त्यसपछि शरीरमा डाबर देखा पर्छन्। ती विभिन्न चरणमा “फुट्दै” जान्छन्।

सुरुमा छालामा रातो दाग मात्रै देखिन्छ र बिस्तारै छालामा खटिरो देखिन्छ अनि पाप्राहरू आउन थाल्छ।

विश्व स्वास्थ्य सङ्गठनको आपत्कालीन कार्यक्रमका डा. रोसमण्ड लुइस भन्छन्, “यो रातो दागबाट सुरु हुन्छ। बिस्तारै डाबर बन्छ र हामीले छालामा छाम्दा पनि थाहा पाउँछौँ।” ती राता दागहरू बिस्तारै फोको जस्तो बन्छन् र पिपजस्तो सेतो तरलले भरिन थाल्छन्।                                              

यी खटिराहरू बिस्तारै सुक्न थाल्छन् र पाप्रा बन्छन्। पाप्राहरू पनि बिस्तारै उप्किएर जान्छन्।

“यस कारण यो ठेउला हो कि भनेर झुक्किन सकिन्छ,” डा. लुइस भन्छन्।

मङ्कीपक्सको डाबर सबैभन्दा पहिले अनुहारमा देखा पर्छन्। कहिलेकाहीँ मुखमा पनि देखिन्छन्। त्यसपछि पाखुरा र खुट्टामा अनि जीउमा सर्दै जान्छन्।

पछिल्ला केही सङ्क्रमणहरूमा भने डाबरहरू यौनाङ्ग वरिपरि पनि देखा परेका छन्।

डा. लुइस भन्छन्, “रौँले ढाकिएका कारण डाबरहरू नदेखिन पनि सक्छन्।”

छालाको रङ्ग अनुसार फरकफरक देखिने यो डाबरले तन्ना र लुगाहरूमा सङ्क्रमण छोड्न सक्छ।

छाला रोगसम्बन्धी ब्रिटिस संस्थाकी सभापति डा. तान्या ब्लेकर भन्छिन्, “फरक प्रकारका डाबरहरू छुट्टाउन कठिन हुनसक्छ। यदि कुनै आशङ्का छ भने सल्लाह लिएर परीक्षण गराउनु उपयुक्त हुन्छ।”

अरू के कारणले डाबर आउन सक्छ?

डाबर आउने धेरै सम्भावनाहरू हुन्छन् तर त्यसमध्येका केही यस प्रकार छन्।

एलर्जी

छालाले कुनै कुराबाट खतरा ठानेर प्रतिक्रिया जनाउँदा उत्पन्न हुने चिलाउने राता डाबरहरू एलर्जी हुन्।

यसको कारण कहिलेकाहीँ थाहा नहुन पनि सक्छ।
तर निश्चित खानेकुरा वा कुनै बोटबिरुवा छुँदा तथा कुनै रसायन वा औषधिको कारण पनि यस्तो हुनसक्छ।

ठेउला

यो डाबर निकै चिलाउँछ र धेरै चरण पार गरेपछि पाप्रा उप्किएर जान्छ।
यसको सङ्क्रमण जीवनमा एक पटकभन्दा बढी पनि हुनसक्छ। बच्चा हुँदा ठेउला आइसकेको छ भने वयस्क भएपछि फेरि पनि आउन सक्छ।
शरीरमा निष्क्रिय भएको ठेउला पुनः सक्रिय भयो भने पनि डाबर देखिन्छ। यस्तो हुँदा शरीरमा दुख्ने दागहरू देखिन्छन्।

लुतो

लुतो कीटाणुले छालामा अण्डा पारेपछि आउँछ। यसका कारण छाला निकै चिलाउँछ र रातो हुन्छ।
यसले शरीरको जुनसुकै ठाउँमा पनि डाबरहरू आउँछन्। प्राय:जसो चाहिँ औँलाको बीचबाट देखिन सुरु गर्छन्।
छालामा राता धर्साहरू पनि देखिन्छ। धेरै सङ्क्रामक नभए पनि यसलाई निको पार्न उपचार जरुरी पर्छ।

उडुस र किराको टोकाइ

हामीले प्रयोग गर्ने ओछ्यान र डसनामा उडुस सरेका छन् भने तिनले टोक्न सक्छन्।

धेरै साना हुने भएकाले तिनलाई सजिलै देखिन्न।
अरू किराहरूको टोकाइमा जस्तै यसको टोकाइले बन्ने डाबरहरू निकै चिलाउने र रातो हुन्छन्।
उडुसको टोकाइबाट आउने डाबरहरू एकै भागमा धेरै वटा हुन सक्छन्।

यौन सङ्क्रमण

सङ्क्रमित व्यक्तिसँग यौनसम्पर्क राखेपछि सर्न सक्ने जीवाणु सङ्क्रमण भिरङ्गी हो।

हर्पेस भनिने भाइरसको सङ्क्रमण पनि यौन क्रियाकलापबाटै सर्छ।
यो भयो भने पनि डाबरहरू आउँछन्।
यौन सङ्क्रमण भएको आशङ्का हुनासाथ छिटोभन्दा छिटो परीक्षण गरेर उपचार गर्नु राम्रो हो।

मोलस्कम

यो बालबालिकाहरूमा देखिने भाइरल सङ्क्रमण हो।

यो हानिकारक नभए पनि शरीरभरि फैलन्छ र चिलाउँछ। यसबाट आउने डाबरको बीचमा सानो खाल्डो हुन्छ।

यसबाट आउने डाबरहरू काखीमा, घुँडाको पछाडि र गुप्ताङ्गको वरपर देखा पर्छन्।

छालाको संसर्ग वा सङ्क्रमितले प्रयोग गरेका तौलिया वा वस्तुको प्रयोगबाट यो सर्न सक्छ।

हात खुट्टा र मुखमा देखिने रोग

भाइरल सङ्क्रमण खकार र सिँगानबाट सर्छ।
कहिलेकाहीँ सङ्क्रमण घरायसी प्रयोगका सामग्रीबाट पनि सर्न सक्छ।
यसले पनि ज्वरो आउनेजस्ता लक्षण निम्त्याउन सक्छ।
मुखमा खटिराहरू र हत्केला र खुट्टाको पैतालामा राता डाबरहरू पनि देखिन सक्छन्। यो प्राय: आफैँ निको हुन्छ।

इम्पेटाइगो 

छालामा हुने जीवाणु सङ्क्रमणबाट यसले रातो दागहरू बनाउनुका साथै मुखको वरपर मसिना बिमिराहरू बनाउँछ।

यो देख्दा निकै जटिल जस्तो लागे पनि जीवाणु प्रतिरोधी मलमको प्रयोगबाट निको हुन्छ।
Previous Post

ओलीले भने, ‘धेरैको भोट गठबन्धनका कार्यकर्ताले हाले’

Next Post

दश महिनामा १ अर्ब २१ करोड रुपैयाँको फेसमास्क आयात

सम्बन्धितपाेस्ट

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा
FEATURE

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

माघ १, २०८२
नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा
FEATURE

नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

माघ १, २०८२
निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा
FEATURE

निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

माघ १, २०८२
बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा
FEATURE

बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

पुस ३०, २०८२
‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा
FEATURE

‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा

पुस ३०, २०८२
हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

माघ १, २०८२
नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

माघ १, २०८२
निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

माघ १, २०८२
बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

पुस ३०, २०८२
‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा

‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा

पुस ३०, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    300 shares
    Share 120 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 109 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    254 shares
    Share 102 Tweet 64

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist