काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन धेरैको भोट गठबन्धनका कार्यकर्ताले हालेको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले सो अभिव्यक्ति दिएका हुन् ।
‘सबै षड्यन्त्र, राज्यसंयन्त्रको हस्तक्षेप, त्रासदीपूर्ण वातावरणका बीच गठबन्धनले खटाएको उम्मेदवारलाई सरकारी उम्मेदवार जस्तो बनाएर भोट दिन आम जनतालाई बाध्य पार्ने काम भयो, ‘उनले भने, ‘धेरै मतदाताको मत गठबन्धनका कार्यकर्ताले खसाएको हो ।’
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले निर्वाचन स्वच्छ र धाँधलीरहीत हुन नसकेको बताए । ‘न आफूले भनेको उम्मेदवारलाई मतदान गर्न पाइयो, न स्वच्छ ढंगले मतदान स्थलमा जान पाइयो, ’उनले भने ।