पछिल्लो २४ घण्टामा २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ सय ५ जनाको परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । यससँगै हाल देशभर १ सय ११ जना सक्रिय संक्रमित रहेका छन्।