१३ माघ शुक्रवार रामेछाप- रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा न. ४ घर भएका २६ बर्षीय रवि कुमार खड्का करिब ४ महिना अगाडी रोजगारको शिलशिलामा मलेसियाको SRI SAIRAM ENTERPRISE (M) SDN.BHD. मा Cleaning Service को काममा गएका थिए।भने जस्तो काम र राम्रो खान बस्नको सुबिधा नपाएपछि उनि नेपाल फर्किने तयारी गरिरहेका थिए तर नेपाल फर्किन नपाउदै करिब २ महिना अगाडी कम्पनीमा काम गरेर होस्टल फर्कने क्रममा सडक दुर्घट्नामा परि उनको हाल मलेसियाको कोलालाम्पुर हस्पिटलमा उपचार भैरहेको छ।उनको उपचारकोलागि ४०,००० मलेसियन रिन्ग्रेट जुन नेपाली रुपैया १२,२९,३०४।- (बाह्र लाख उनान्तीस हजार तिन सय चार) हुन आउछ, उक्त आवश्यक रकम जुटाउन नसकेको रविको दिदि सबिना खड्काले सुनौलोपानालाई बताईन।रविको उपचारमा आर्थिक अभाव भएपछी उनको दिदि सबिना खड्काले सुनापति गाउँपालिकामा आर्थिक सहयोगकोलागि निवेदन पेस गरेपछि सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङको निर्देशनमा पालिकाले गत पुष २५ गते रु.५०.०००।-(पचास हजार) आर्थिक सहयोग गरेको छ। साथै सुनापति गाउँपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले रवि खड्काको घट्ना विवरणलाई जिल्ला प्रशासन कार्यालय मार्फत रविको उपचारकोलागि सहयोगको पहलकोलागि निवेदन र आवश्यक सूचना सम्प्रेषण गर्न सहयोग गरिरहेको छ।
हल रविको उपचारकोलागि सबै तिर सहयोग को अपिल गरिरहेको र आफ्ना आफन्तहरु लगायत चिनेजानेकोबाट आर्थिक सहयोग जुट्दै गएको सबिना खड्काले बताईन भने अहिले रविको स्वास्थ्य अवस्था पहिलेको भन्दा सुध्रिदै गएको उनि बताउछिन।
भाईको स्वास्थ्य अवस्था सुध्रिदै गएता पनि रविको उपचारकोलागि भने आर्थिक अभाव नै रहेको सबिना बताउछिन साथै रविको उपचारकोलागि सबैले सकेको आर्थिक सहयोग गरिदिन अनुरोध पनि गरेको छिन।
सहयोगकोलागि सबिना खड्काको सम्पर्क मोबाईल नम्बर ९८४३९३९२३७ रहेको छ।