रामेछाप- विश्व माहामारीको रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना संक्रमण रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा पनि तिब्र रुपमा फैलिरहेको छ। हालसम्म सुनापति गाउँपालिकामा २१४ जनाको पीसीआर परीक्षण गरिएको छ, जसमध्य १२५ जनामा कोरोना पोजेटिभ देखिएको छ।
१२५ जना कोरोना पोजेटिभमध्य ३४ जना निको भैसकेको, ८३ जना सामान्य अवस्थामा घरमै आईसोलेसनमा रहेको, ७ जना अस्पतालमा आईसोलेसनमा रहेको र १ जनाको मृत्यु भएको जानाकारी गाउँपालिका अध्यक्ष धावा लामाले गराए।
यस माहामारीको रोकथाम र नियन्त्रणको साथै गाउँपालिकाका सम्पूर्ण जनताकोलागि पालिकाले सबै वडाहरुमा परिक्षणको धारालाई बृद्दि र फराकिलो बनाउदै सबैलाई उपचारकालागि आवश्यक एन्टिजेन किटबाट चेक गरि उपचार प्रक्रिया अगाडी बढाईरहेको छ।
हाल अस्पतालमा २८ वटा अक्सिजन सिलिन्डरको ब्यबस्था गरिएको र संक्रमितको उपचारकोलागी २५ वटा बेड तयार पारिनुकोसाथै आवश्यक स्वास्थ्य कर्मचारीहरु, सुरक्षाकर्मीहरु, राष्ट्र सेवक कर्मचारीहरुलगायत स्थानिय जनप्रतिनिधिहरु जनताको सेवाकोलागि हरपल खटिरहेको अध्यक्ष लामाले जानकारी गराए।
सुनापतिका सम्पूर्ण जनताहरुलाई स्थानिय सरकारले ढुक्कसँग उपचार गर्नुको साथै विकास निर्माणको कार्यलाई पनि तिब्रता दिदै जनताको सुरक्षाको निम्ति सम्पूर्ण जनप्रतिनिधिहरु तयारीकासाथ लागिरहेको पालिका अध्यक्ष धावा लामाले सुनौलो खबरलाई जानकारी गराए।