अभिनेत्री मनीषा कोइरालाले कोरोना संक्रमितको उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताललाई भेन्टिलेटर सहयोग गरेकी छिन्। उनले नारायणी अस्पताललाई चार वटा भेन्टिलेटर सहयोग गरेकी हुन्।
नारायणी अस्पतलाका निमित्त मेसु डाक्टर उदयनारयाण सिंहले अभिनेत्री मनीषा कोइरालाप्रति आभार व्यक्त गरेका छन्।
उनले कोइरालाको सहयोगले अस्पताललाई कोरोना संक्रमितको उपचारमा सहयोग पुगेको र यसले बिरामीको ज्यान जोगाउन भूमिका निर्वाह गर्ने बताए।