काठमाडौं : सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर ‘मेटा’ राखेको हो ।
फेसबुकका सिइओ मार्क जुकरबर्गले बिहीवार एक कार्यक्रम गरेर फेसबुकको नाम परिवर्तन गर्दै नयाँ लोगो सार्वजनिक गरेका हुन् । पहिला कम्पनीको नाम ‘फेसबुक’ थियो भने अब ‘मेटा’ हुने जुकरबर्गले बताए ।
त्यसो त गुगलले पनि २०१५ मा कम्पनीको नाम ‘अल्फाबेटा’ राखेको थियो ।