काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धीको २६ औं सम्मेलनको वल्ड लिडर समिटका लागि प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गरेका हुन् ।
देउवा आज बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् । पाँचौपटक प्रधानमन्त्री बनेका देउवाको यो पहिलो बिदेश भ्रमण हो ।
उक्त सम्मेलन बेलायतको शहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । साथै प्रधानमन्त्री देउवा कात्तिक १८ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।