गजल
मेरो लागी संसारको रानी भन्थ्यौ पहिला
लाखौंमा तिमीलाई छानी भन्थ्यौ पहिला
खुसीको साथमा सयौं जीवन जिउनलाई
सुरिलो स्वार प्रेमले सानी भन्थ्यौ पहिला
सुनाइ काहानी हुन्छ हरएकमा स्वार्थपन
निस्वार्थको आत्मा मानी भन्थ्यौ पहिला
चोखो माया गर्छु प्रिय तिमलाई सधैंभरि
गर्दिन कहिले आनाकानी भन्थ्यौ पहिला
हजारौं देख्यो र सबमा झुठो प्रेमको झुठ
छौं प्यारो मायाको खानी भन्थ्यौ पहिला
लेखकको परिचयकाभ्रे चौरिदेउरालि घर भएकी सरिता गिरि (अनन्त यात्री ) सानै उमेर देखि लेखनमा इच्छुक हुनुहुन्थ्यो।बाल्यकाल सम्झदै उहाँ भन्नुहुन्छ मैले थुप्रै गजल लेखिसके अरु बिधामा भन्दा मलाई गजल लेक्न बढी मनपर्छ। यहि सिलसिलामा मैले भर्खर मात्रै नयाँ गजल सार्वजनिक गरेको छु।