काठमाडौं । आज शुक्रवार नेपाली सिनेमा हलमा दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। फिल्म “मनसँग मन र अर्को फिल्म “आँधी तुफान २” एकसाथ प्रदर्शनमा आएका हुन् ।
कैलाश राई निर्देशित फिल्म मनसँग मनमा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, महेन्द्र बगदास, सन्ते दा, चाँदनी प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको छ। त्यसका साथै फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा विशेष भूमिकामा देखिनेछन्।
त्यसैगरि, ‘आँधी तुफान’ २ पनि आजबाट रिलिज भएको छ। मल्टिप्लेक्स हलहरुले शो नदिएपछि यो फिल्म सिंगल हलहरुमा मात्रै रिलिज भएको हो। विसं २०६३ सालमा निर्माण भएको फिल्म आँधी तुफानको सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गरेका छन्।
रामशरण उप्रेतीको छायांकन रहेको फिल्ममा मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद रहेको छ। कोराना महामारीबिच निर्माण गरिएको यस फिल्मले नारी शक्तिको कथा समेटेको छ।











