काठमाडौं : पछिल्लो २४ घण्टामा ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ४ सय ६२ जनाको परीक्षण गर्दा ३ हजार २ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार १ सय ८० पुगेको छ । यस्तै, २ हजार २ सय ९४ जना संक्रमण मुक्त भएका छन् ।
यससँगै कोरोना संक्रमणका कारण थप ३२ जनाको मृत्यु भइसकेको छ ।








