काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन वा एकताको निर्णायक मोडमा पुगेको बताएका छन्। बागमती प्रदेश सम्पर्क समितिको समानान्तर नेतृत्व घोषणा गर्न शंखमुलस्थित ए-वान पार्टी प्यालेसमा शनिबार आयोजित कार्यक्रममा नेता नेपालले केपी ओलीको अत्याचार सहन आत्मसमर्पण नगर्ने बताए।
उनले भने, ‘एकता हाम्रो चाहना हो, इच्छा हो। हाम्रो इच्छा र चाहना विभाजन होइन। तर एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हटनुहुँदैन। तर त्यो अन्तिम उपायमात्रै हुनेछ। अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं। केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाईमा रहेका छौं।
एकताबद्द नेकपा(एमाले)आफुहरुको चाहाना भए पनि केपि ओलिको कार्यशैलीले त्यो सम्भावना छिण हुँदै गएको बताउनु भयो।
उहाले केपि ओलि लाई परिवर्तन गर्नसक्ने कोहि मनोबैज्ञानिक भए बालकोट गएर उहाँको चेताना परिवर्तन गर्नसमेत आग्रह गर्नु भयो।
माधव नेपाल पक्षले रामप्रसाद रिमालको अध्यक्षतामा समानान्तर प्रदेश सम्पर्क कमिटी घोषणा गरेको छ। कमिटीको उपाध्यक्षमा नवराज पौडेल,सचिव खेलनाथ सिग्देल र उपसचिव राजेन्द्र थापा रहेका छ।