रामेछाप । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको त्यहाकाे निर्वाचन अधिकृत लक्ष्मण उपाध्याय घिमिरेले बताए ।
उनी भन्छन् “लगभग निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको छ । भोलि बिहान ७ बजेदेखी बेलुका ५ बजेसम्म सौहार्दपुर्ण तरिकाले भयरहित वातावरणमा मतदान गर्न सक्नुहुनेछ ।”
साथै अधिक्तम मतदाताहरु सबैलाई आफ्नो मतदाताको निर्धक प्रयोग गरिदिनुहुन घिमिरेले अनुरोध गरेका छन् । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा गरिएको उनको भनाइ छ ।
“सुरक्षाको हिसाबले नेपाल प्रहरी, म्यादी प्रहरी, एपीएफको टिम, नेपाल आर्मी हुनुहुन्छ । समग्र सुरक्षा व्यवस्था मजबुत छ । सबै राजनितिक उम्मेदारहरुमा सौहार्दपुर्ण वातावरण बनाएका छौ । त्यसैले निर्वाचन शान्तिपूर्ण हुनेमा हामी विस्वस्त छौ ।”
साथै मतदाता नामावलिमा नाम भएका तर मतदाता परिचय पत्र नहुनेले पनि नागरिकता, राहदानी तथा आफ्नो परिचय खुल्ने पत्र देखाएर मतदान गर्न पाउने घिमिरेले जानकारी दिए । त्यस्तै सुनापतिमा १ सय २ जनाको उम्म्दवारी रहेको सहायक निर्वाचन अधिकृत कमल दास श्रेष्ठले जानकारी दिए । उनी भन्छन् “सुनापती गाउँपालिकामा १ सय २ जनाको उम्मेदवारी रहेको छ । त्यस्तै सुनापतिमा १८ हजार ५ सय १६ मातदाता रहेका छन ।”
सुनापति गाउँपालिकामा मतदाताको कुल संख्या १८ हजार ५ सय १६ रहेको उनले बताए । उनी भन्छन् “सुनापतिमा मतदाताको कुल संख्या १८ हजार ५ सय १६ रहेको छ । हामीले सबै मतदान केन्द्रमा निर्वाचन सम्बन्धि कामहरु एकदमै सरल चुस्तदुस्त तरिकाले सम्पन्न गरिसकेका छौ ।”
मतदाताको चापलाई मध्येनजर गर्दै सुनापती गाउँपालिकामा महिला र पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको मतदान अधिकृत बिष्णु प्रसादले जानकारी दिए ।
उनले भने “मतदाताको चापलाई व्यवस्थित गर्न र सुरक्षालाई कडा पार्दै जनताले सहज तरिकाले मतदान गर्न पाउन भन्ने उदेश्यले उहाँहरुको अधिकार सुनिश्चित गर्न हामीले दुईवटा ढोका बनाएका छौ त्यस्ले गर्दा सहज तरिकाले मतदान हुन पाँउछ । जसमा महिलाको र पुरुषको छुट्टै लाइन हुनेछ ।”