काठमाडौं । पछिल्लो २४ घण्टामा ४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। २ हजार ८ सय १७ जनामा गरिएको परिक्षणमा ४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।
यससँगै देशभर कोरोना संक्रमितकाे सक्रिय संख्या १ सय ७३ पुगेको छ ।