रामेछाप । रामेछापको सुनापति गाँउपालिकामा भएको मतदानको मत गणना सादिडाडाको श्री पशुपति मा.वि.मा आज बिहान ८ बजे सुरु हुने भएको छ ।
सर्वदलिय बैठक बसेर आजै मतगणना सुरु गरिने सुनापति गाँउपालिका निर्वाचन अधिकृत लक्षमण उपाध्याय घिमिरेले बताए ।
शुक्रबार सुनापति गाँउपालिकाको सबै मतदान केन्द्रहरुमा सुरक्षित तरिकाले मतदान सम्पन्न भएको थियो । जसमा ७९.८१ प्रतिशतले मतदान गरेका थिए ।