रामेछाप । रामेछाप जिल्लाको सुनापति गाँउपालिकाको सबै मतदान केन्द्रहरुमा सुरक्षित तरिकाले मतदान सम्पन्न भएको छ ।
सुरक्षित र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको सुनापति गाँउपालिका निर्वाचन अधिकृत लक्षमण उपाध्याय घिमिरे र सहायक निवार्चन अधिकृत कमल दास श्रेष्ठले जानकारी दिए ।
अधिकृतहरु भन्छन् “निकै सरल, सहज र सुरक्षित तरिकाले मतदान गराउन सफल भएका छौं ।”
सुनापति गाँउपालिकाको पाँच वटै वडा जसमा वडा न.१ मा जम्मा मतदाता ३२०२ मा २१४६ मत खसेको छ । त्यस्तै वडा न.२ मा ३३१२ मतदाता मध्ये २३७९ मत खसेको छ । वडा न.३ मा ३३०७ मतदाता मध्ये २३३६ मत खसेको छ । वडा न.४ मा ५२५० मतदाता मध्ये ३४९५ मत खसेको छ र वडा न.५ मा ३४४५ मतदाता मध्ये २४६० मत खसेको छ ।
सुनापति गाँउपालिकामा जम्मा ७९.८१ प्रतिशतले मतदान गरेको निवार्चन अधिकृतहरुले बताए ।
सर्वदलिय बैठक बसेर आजै मतगणना गरिने सुनापति गाँउपालिका निर्वाचन अधिकृत लक्षमण उपाध्याय घिमिरेले बताए । सबै मतदान केन्द्रको मत सुनापति गाँउपालिका वडा न.३ हिलेदेवी सादिडाडाको श्री पशुपति मा.वि.मा ल्याइने र सर्वदलिय बैठक बसेर मतगणना सुरु गरिने घिमिरेले सुनौलोपानालाई जानकारी गराए ।
त्यस्तै सुरक्षित र शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भएको त्यहाँको सहायक निर्वाचन अधिकृत कमल दास श्रेष्ठको भनाइ छ ।