ललितपुर – ललितपुर महानगरपालिका वडा नं१ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ध्रुव तण्डुकारले ४२५ मत प्राप्त गर्नुभएको छ । नगर प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ ।