काठमाडौँ– काठमाडौँ महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको मत ४० हजार कटेको छ । निर्वाचन आयोगद्वारा सार्वजनिक पछिल्लो मतगणना अनुसार साहले अहिलेसम्म कुल ४० हजार ३ मत पाएका छन्।
यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित र सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहबीचको प्रतीस्पर्धामा सिर्जना अघि देखिएकी छन् ।
हालसम्मको मतगणना अनुसार २२ हजार ७४९ मतसहित सिर्जनाले दोस्रो स्थानमा आफुलाई उभ्याएकी छन् । तेस्रो स्थानमा रहेका स्थापितको मत २२ हजार ९५ मत पाएका छन् ।