काठमाडौँ -पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४६ संक्रमित निको भएका छन्।
त्यसैगरी, काठमाडौँ उपत्यकामा २१६ जना नयाँ कोभिड-१९ संक्रमित भेटिएका छन् । संक्रमितमध्ये काठमाडौँमा १८५, ललितपुरमा २२ र भक्तपुरमा ९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । काठमाडौंमा सक्रिय संक्रमितको संख्या मात्रै १२७० पुगेको छ ।
देशभर जम्मा सक्रिय संक्रमितको संख्या २२७६ रहेको छ ।