काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन: नागरिकता कायम भएको रवि लामिछानेको सचिवालय प्रमुख दीपक बोहराले जानकारी दिए । उनले २०५० सालमा लिएको नागरिकता नं. नै उल्लेख भएको नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले अमेरिकी नागरिकता लिएपछि स्वतः खारेज भएको भनिएको नेपाली नागरिकता सक्रिय गराएका हुन्।
त्यसो त अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद बदर गरेको थियो।