२५ मङ्सिर २०८१ मंगलवार,रामेछाप- रामेछापको सुनापति गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान (२५ नोभेम्बर-१० डिसेम्बर, मंसिर १० देखि २५ सम्म) सम्पन्न भएको छ। गाउँपालिकाको अध्यक्ष ठूलो कान्छा तामाङ,उपाध्यक्ष गीता बिष्ट, ५ वटै वडाका वडा अध्यक्ष, कर्मचारीहरु लगायत स्थानीय आमा समुह,स्वास्थ्य स्वयंसेविकाहरु र सहकारीका महिलाहरुको सक्रियता साथै उत्साहपूर्ण सहभागितामा ५ वटै वडामा कार्यक्रम संचालन र समापन भएको हो।मुख्यत महिलाहरुमा सामाजिक,राजनीतिक,आर्थिक,जस्ता चौतर्फी क्षमता विकास,महिला हिंसाको अन्त्यका साथै नेपालको संविधानले तोकेको कोटामा सक्षम महिलाहरुलाई नेतृत्व तहसम्म पुर्याउनकोलागि र समाजमा हुने गरेका लैङ्गिक हिंसाको अन्त्य,बालबिवाहको अन्त्य, जातिय विभेद र छुवाछुतको अन्त्यका लागि पनि यस्ता कार्यक्रमबाट हुने अभ्यासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिका उपाध्यक्ष गीता बिष्टले जानकारी गराउनुभयो।
समाजमा हुने गरेका हरेक किसिमको विभेदलाई अन्त्य गर्नकोलागी यस्ता कार्यक्रम आयोजना गरेको र महिला मात्रै नभएर पुरुष पनि हिंसामा पर्ने गरेको र यसको अन्त्यकालागि गाउँपालिकाबाट आफुहरुले निरन्तर जागरणमुखी कार्यक्रमहरु समाजमा लाने गरेको उपाध्यक्ष बिष्टले बताउनु भयो।
बिदेशिएका पुरुषहरु घरमा फर्किदा घर व्यवहार लथालिङ्ग हुने देखि बिग्रिने सम्मका घट्नाहरु समाजमा देखिएको कारण त्यस बिरुद्द पनि सचेतना जगाउने कार्य गरेको उपाध्यक्ष बिष्टले बताउनु भयो।
१६ दिने अभियानमा ५ वटै वडामा बुढी आमाहरुको समेत उल्लेखनीय सहभागिता भएको र कार्यक्रम प्रभावकारी हुनुको साथै यसबाट कार्यक्रममा उपस्थित
महिला,आमाहरुले सकारात्मक संदेश हासिल गरेको र उहाँहरु खुशी भएको उपाध्यक्ष बिष्टले बताउनु भयो।
आगामी दिनहरुमा पनि यस्ता सचेतनाका कार्यक्रमद्वारा समाजमा सकारात्मक संदेश फैलाउनुको साथै समाजका महिला पुरुष सबैलाई हरेक कुरामा जागरुक गराउन गाउँपालिका तयार रहेको उपाध्यक्ष गीता बिष्टले बताउनु भयो।
लैङ्गिक हिंसा बिरुद्द १६ दिने अभियानमा सुनापति गाउँपालिकाको ५ वटै वडामा देखिएको सहभागिहरुको तस्बिरहरु