गरे के सम्भव छैन। कुनै बेला विशालबजारको लिफ्टमुनि सानो पसल संचालन गरेकी महिला व्यवसायी सपना शर्मा आज ४ वटा पसलकी मालिक बनेकी छिन्। १९ लाखबाट सुरु भएको ‘जय नवदुर्गा जेम्स एण्ड ज्वयलर्स’ नामक व्यवसाय आज करोडभन्दा माथि पुगेको महिला व्यवसायी शर्माको भनाई छ।
जय नवदुर्गा जेम्स एण्ड ज्वयलर्समा मोतिमाला र राशिको पत्थर सय रुपैयाँ देखि लाखौं पर्ने मोती, रत्न र पत्थरको गहना पाइने व्यवसायी शर्मा बताउँछिन्। उनी आफ्नो पसलमा आउने ग्राहकलाई मिठो बोली र राम्रो व्यवहारले खुशी पार्ने गर्छिन। उनी भन्छन्, ‘एकपटक आएको ग्राहक फेरी आइरहन्छन्। हामी ग्राहकलाई भगवान मान्छौं। म उहाँहरुलाई निराश बनाउँदिन।’
उनलाई सानै देखिको डिजाइन गर्ने रूचि राख्ने गर्थिन। मनदेखि कै रुचिका कारणले उनी आज सफल बनेको महशुस गर्छिन उनी। उनलाई परिवारको निकै सपोर्ट छ। व्यवसाय सफल हुनुमा परिवार र आफन्तको माया र सहयोग रहेको उनी बताउँछिन।
उनले सामान थाइल्याण्ड र चीनबाट ल्याउने गर्छिन। भने डिजाइनको लागि तालिम दिने समेत गर्ने गर्छिन। उनकोमा सर्वसाधारणहरु देखि कलाकर्मीहरु समेत आउने बताउँछिन् उनी । हरेक चाडबाडमा उनले अफरहरु राख्ने गर्छिन। त्यसैगरी हालै दशैँतिहारको अवसरमा पनि धेरै अफर राखेको उनले बताइन । कोरोनाको कहरमा पनि ग्राहकहरु आइरहेको उनको भनाई छ ।
हेनुहोस भिडियोमा महिला व्यवसायी सपना शर्माको सफलताको कहानी :