काठमाडौं—नेपालमा थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा आइतबार मात्र १ हजार ६ सय ९८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ जना नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै, हाल सक्रिय संक्रमिको संख्या ४९ हजार ३ सय ४१ पुगेको छ।