काठमाडौँ – कोरोना महामारीले नेपाल मात्र नभई विश्व नै प्रभावित छ। अधिकांशले लकडाउनका कारण रोजगार गुमाएका छन्। यस्तोमा आफ्नो घर परिवार छाडेर कर्मथलो बनाउन काठमाडौँ शहरमा संघर्ष गर्दैआएका नागरिकहरु गाउँ फर्किएका छन्। लकडाउनले धेरै नागरिकलाई पाठ सिकाएको छ। धेरैको दिनचर्या बदलिएको छ।
यस्तै, रामेछाप, सुनापति गाउँपालिका वडा नम्बर ५ लुभुबजारका ३१ वर्षीय जयाराम कोइराला लकडाउनले पाठ सिकाएको बताउँछन। उनी लकडाउनपछि गाउँ फर्किएर ३ लाखमा बाख्रापालन गरे। सुरुवातमा १०वटा बाख्राबाट सुरु गरेको बाख्रापालनमा अहिले बाख्रा, बोका गरेर २५ वटा रहेको छ। ६/७ महिनाको अवधिमा उनले ५ लाखसम्मको लगानीमा बाख्राहरु पालिरहेका छन्। विगत ९ वर्ष जति राजधानीमा बसेका उनी अब गाउँमै आफ्नो राम्रो हुने देखेको बताउँछन।
उनी भन्छन्, ‘गाउँमै राम्रो कमाई हुने भएपछि अब किन शहर जाने ?’उनी आफ्नो यो नयाँ कामबाट सन्तुष्ट रहेको बताए।
बाँकी हेर्नुहोस भिडियोमा :