काठमाडौँ – नेपाल विद्यार्थी संघ कोटेश्वर क्याम्पसले माक्स वितरण कार्यक्रम आयोजना गरेको छ। उमेश गुरूङको सल्लाहमा आइतबार ‘मास्क लगाउ, कोरोना संक्रमणबाट बचौं’ भन्दै नाराको साथ कोटेश्वर क्याम्पसले आफ्नै प्राङ्गणदेखि कोटेश्वर चोकसम्म मास्क वितरण कार्यक्रम गरेको हो।
सो मास्क वितरण अभियान एक हप्ता सम्म चलनेछ। उक्त कार्यक्रमको संयोजन संघको सदस्य टेक बहादुर सिंह र उपसभापति सन्जय बुढाथोकीले गरेका थिए। यस्तै, कार्यक्रमका सल्लाहकार तरुण दलका पुर्व केन्द्रिय सदस्य उमेश गुरुङको उपस्थितिमा आज मात्रै ४ हजार पिस मास्क बाडिएको थियो।
कार्यक्रम सफल पार्नमा दोलखा जिल्लाको क्षेत्रीय उप-सभापति श्री राजन अधिकारी ,नेपाली काङ्ग्रेस, क्राभेका नेता विक्रम लामा, तरुण दलका नेता सागर गुरुङ ,सुमन जिसि, जीवन घिसिङ, नेवि संघ कोटेश्वर क्याम्पसका नेता दोराज क्रार्कीले सहयोग गरेका थिए । भने, माक्स वितरणमा लोकेन्द्र रावल, अजुन कार्की, आरति रिजाल, सरोज रायमाझी, सन्दिप क्षेत्री, संकल्प मोक्तान आदिको सहयोग रहेको थियो