पुस २१ रामेछाप ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले रामेछाप जिल्ला सुनापति गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका स्थानीय तहहरुमा आफु पक्षिय नेता कार्यकर्ताहरुका लागि पछिल्लो समसामहिक राजनीतिक अबस्थाको बारेमा प्रशिक्षण गराएको हो ।
सुनापति गाउँपालिकामा पार्टी भित्रको पछिल्लो अबस्था तथा राजनीतिक घटनाक्रमका बिषयमा प्रशिक्षण गराइएको जानकारी कार्यक्रमका सभापति रामकृष्ण घिसिङ (अर्थमान )ले बताए ।
गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला सुनापति गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम विरुद्ध पुष ५ गते संसद बिघटन गरेपछि औपचारिक बिभाजन घोषणा मात्र बाँकी रहेको नेकपाको दाहाल–नेपाल समूहले जिल्ला भित्रका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक, अलोकतान्त्रिक र सर्वसत्ताबादी भएको भन्दै यसका बिरुद्ध शसक्त भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनापति गाउँपालिका पार्टी कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि प्रवास समन्वय कमिटीका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाई, विशेष अतिथि नेकपा रामेछापका सचिव शान्ति पौडेल, पूर्व माननिय डिल्ली मान तामाङ नेकपाका नेता टंकलाल घिसिङ, प्रदेश कमिटी सदस्य धावा लामा लगायत वडा अध्यक्षहरू स्थानिय कार्यकर्ता लगायतको बाक्लो उपस्थितीमा कार्यक्रम सम्पन भएको जानकारी सुनापति गाउँपालिका वडा कमिटिका सचिब हिमाल ग्यापकले सुनौलो खबरलाई बताए।
कार्यक्रममा नेकपाका प्रमुख अतिथि प्रवास समन्वय कमिटीका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईले जेट बिमान जमिनमा अवतरण गर्नु पूर्वनै २ जना पाईलटबिच झगडा सुरु भयो, प्रधानमन्त्री ओलीले पार्टी कमिटिहरुलाई एकीकृत गरेर समस्याको समाधान गर्न तर्फ ध्यान नदिएर भड्किला कुराहरु गर्दै आफ्नो स्वार्थ पुरा गर्न पार्टी फुटाउन तर्फ लागेको आरोप लगाउनु भयो, सरकारको काम कारवाहीको बारेमा कहिले पनि पार्टीभित्र कुरा नभएको बताउँदै पार्टीलाई सक्रिय बनाउन कहिले पनि नेतृत्वकर्ताले सहि भूमिका निभाउनु भएनओली नेतृत्वले जहिले पनि अन्य नेताहरुलाई दबाब सृजना गरेर आफ्नो अकल निर्णयलाई मात्रै पास गराउने ढंगले अघि बढेको छ। गधालाई धोएर गाई हुदैन गधालाई गधाकै हुलमा जान दिनु पर्छ।ओलीले गरेका निर्णयहरु राष्ट्र बिरोधि थिय भन्ने कुरा जन माझ आईसकेको बताउनु भयो।
उक्त कार्यक्रमका विशेष अतिथि नेकपा रामेछापका सचिव शान्ति पौडेलले अब हुने चुनाव जनताको चाहना बिपरित रहको र यसको बिरुद्द लाग्ने बताउनु भयो, संबिधान र पार्टीको बिधान गरि २ वटा मुख्य मुद्दा रहेको बताउँदै बहुमतको केन्द्रिय सदस्य भएकोले दाहाल–नेपालको नेकपा पार्टी नै मूल पार्टी रहेको समेत बताए।