काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
उपत्यकाभित्र कोरोना संक्रमितको दर घटेपनि जोखिमदर उच्च नै भएकाले थप एक साता निषेधाज्ञा गर्ने निर्णय भएको हो । पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने भएको छ ।
साथै खाद्यान्न पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने बताइएको छ ।
दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासन कार्यालयले काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको हो ।