काठमाडौं : गायक तथा संगीतकार दीप श्रेष्ठलाई संगीतकार संघ नेपालले २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कोरोना संक्रमण भएर अक्सिजन लेबल कम भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
संघले संगीतकार कल्याणकर्मी कोषबाट उक्त रकम प्रदान गर्न लागेको हो । संघका अध्यक्ष पारस मुकारुङले सामाजिक सञ्जाल फेकबुकमा दीप श्रेष्ठको नाम लेखिएको चेकको तस्विर पोस्ट गर्दै उनलाई २ लाख रुपैयाँ सहयोग गर्न लागेको जानकारी दिएका हुन् ।
साथै अध्यक्ष पारसले संघ र आफ्नो तर्फबाट श्रेष्ठको स्वास्थ्य लाभको कामना समेत गरेका छन्।