काठमाडौं : नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका १ को इकाइ सभापतिमा शैलेन्द्र कुइकेललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । मंगलबार भएको वडा अधिवेसनले कुइकेललाई सभापतिमा निर्वाचित गरेको हो ।
उक्त अधिवेसनले उपसभापति अर्जुन खड्का र केदार ढकाललाई निर्वाचित गरेको छ । त्यस्तै सचीवमा भने निराजन अर्याल र राम कुमार तामाङ, निर्वाचित भएका छन् । साथै सहसचिवमा बसन्त खड्का,र मनोज खड्कालाई निर्वाचित गरेको छ ।
त्यस्तै सदस्यहरुमा सागर ढकाल , सुदर्शन खड्का, सुनिता ढकाल(पोखरेल), बिनोद सिम्खडा, भुवन कुमार थापा, सत्यनारायण श्रेष्ठ, सानो भाइ खड्का, बासु अर्याल, रामकुमार कुइकेल,अनुप खड्का, अनिल खड्का, दुर्गादेबी खनाल,बिमला थापा, सबिता खड्का, गीता ढकाल, पार्वती अधिकारी, दिनेश खत्री, सागर फुयाल, कला श्रेष्ठ र जयराम खड्का लगायत निर्वाचित भएका छन् ।