रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ११ साबिक गेलु गाविसको बान्द्रेमा रहेको झोलुङ्गे पुलको छेउमा बिगत २० बर्षदेखी टिनको छानोमुनी बसी ज्ञान बहादुर बिश्वकर्माले अफ्नो गुजरा चलाउदै आईरहेका छन।रामेछाप जिल्लाको गुन्सीमा सामुदायिक बिकास समाज (CDS ) मा सामाजिक परिचालकको रूपमा काम गर्दै आइरहेका राजेन्द्र खडकाले ज्ञान बहादुर बिश्वकर्मालाई ब्यक्तिगत सहयोग गरेका छन। नेकपा (एकीकृत समाजबादी) निकट बिद्यार्थी सङठनका केन्द्रिय सदस्य समेत रहेका खडकाले कपडा लगाएत खाधन्न सहयोग गरेको बताए।
बिगतदेखिनै सामाजिक कार्यमा लागिपरेका खड्काले आफ्नो कमाइको २०% समाजसेवाकोलागि छुट्याउने समेत बताए।
बिहे समेत नगरेका ज्ञानबहादुरको आफ्नो भन्ने कोहि छैनन, जग्गा जमिन त परै जावस खान खाधन्न समेत नरहेको उनले जाडो मौषममा टिनको छानोमुनि कठिन जिबन बिताउन बाध्य भएको र अफ्नो गुजरा चलाउन कठिन रहेकोबताए।