काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको खाँडादेवी-काठमाडौँ सम्पर्क मंच गठन तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ। आईतबार चक्रपथ स्थित अरिकल ईभेन्ट्समा उक्त कार्यक्रम सम्पन्न भएको हो।नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको उपसचिव किरण मोक्तानको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्ला कमिटि सदस्य अरुण सिंजाली मगरले संचालन गरेका हुन।उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टी पोलिटब्युरो सदस्य तथा सम्पर्क समन्वय प्रमुख बिजय गुरुङको उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला सहईन्चार्ज होम बुढाथोकी बिशेष अतिथिको रुपमा उपस्थित थियो भने कार्यक्रममा खाँडादेवी गाउँपालिकाका विभिन्न नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।
नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको उपसचिव तिर्थ श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रममा उपस्थित प्रमुख अतिथि बिजय गुरुङले अब नेकपा (एकीकृत समाजवादी) लाई नेपालकै पहिलो पार्टी बनाउनकोलागि उपस्थित नेता कार्यकर्तालाई ३० मिनेट जति प्रशिक्षण समेत दिएका थिए। त्यस्तै कार्यक्रममा बिशेष अतिथिको रुपमा उपस्थित होम बुढाथोकीले जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको जीवनस्तर उकास्न उपलब्धिमुलक कार्य नगरेको भन्दै अबको नेतृत्वको विकल्प नेकपा (एकीकृत समाजवादी) नै रहेको र त्यसको सुरुवात खाँडादेवी गाउँपालिकाबाटै सुरु गर्ने बताए। अबको चुनावमा खाँडादेवी गाउँपालिकाबाटनै नेकपा (एकीकृत समाजवादी) को जितको सुरुवात हुने दाबि समेत गरे।
कार्यक्रममा रोज श्रेष्ठको अध्यक्षतामा ३६ सदस्सीय नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको खाँडादेवी-काठमाडौँ सम्पर्क मंच समिति गठन भएको छ। कार्यक्रमको अध्यक्षतामा रहेकी किरण मोक्तानले नव संगठित सम्पर्क कमिटीलाई कलम प्रदान गरि सफल कार्यकोलागि शुभकामना प्रदान गरेकी थीइन। त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीले पौष ५ गते कालो दिनको रुपमा मनाउने भएको छ। २०७७ पौष ५ गते नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी ओलीले हजारौ सहिदहरुको रगत र पसिनाले साधेर ल्याएको संविधान च्यात्ने काम भएको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीले पौष ५ गते कालो दिनको रुपमा मनाउने भएको हो।