- २५,पुष रामेछाप- रामेछाप जिल्ला नेकपा एमालेको विभिन्न पदकोलागी निर्वाचनभईरहेको छ। रामेछाप एमालेका विभिन्न नेताहरुले उम्मेदवारी दर्ता गराउने क्रममा रामेछाप जिल्ला एमालेका पुरानो नेता घनश्याम गौतमले खुल्लातर्फ जिल्ला कमिटि सदस्यमा उम्मेदवारी दिएका छन।
नेकपा एमाले रामेछापको गाल्बापारीबाट २०५१ सालमा गुन्सी गा.वि.सको पार्टी सचिव हुँदै २०५४ को एमाले १० नं. ईलाका सचिवहुनुको साथै २०६४ मा निर्वाचन क्षेत्रीय सम्पर्क अध्यक्ष २०६८ सालमा जिल्ला सम्पर्क उपसचिव हुदै देश संघियता पश्चात सुनापति गाउँपालिका कमिटिको सचिवालय सदस्यमा सक्रिय राजनीतिमा रही हाल बागमती सम्पर्क कमिटि सदस्यको जिम्मेवारी बहन गरिरहेका घनश्याम गौतम भन्छन अझै पनि पार्टीकोलागि सक्रिय रुपमा कार्य गर्नुको साथै पार्टीको नीति,विचार र सिदान्तलाई जतातासामु पुर्याउन अहोरात्र खटिरहने समेत बताए।
त्यसकोलागि आम मतदाताहरुलाई आफुलाई मत दिएर जिताउन समेत आग्रह गरे।