रामेछाप- नेकपा एमाले रामेछापको नयाँ नेतृत्वको लागि चुनाव हुने भएको छ। एमाले अध्यक्ष पदकोलागि एमाले रामेछापका उपाध्यक्ष प्रेम बहादुर तामाङ, जिल्ला सचिव आनन्द श्रेष्ठ र उपसचिव झम्क कँडेलले उम्मेदवारी दर्ता गराएका छन् ।सहमतिको प्रयास असफलभएपछि निर्वाचन कमिटीले निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ। निर्वाचनमा अध्यक्ष पदकोलागी प्रेम बहादुर तामाङ,आनन्द श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। १ जना उपाध्यक्षपदकोलागी ६ जनाको उम्मेदवारी दर्ता भएको छ। भुवन घिमिरे, सुमन कुमार लामा, इन्द्र तामाङ, नारायण प्रसाद पौडेल, ध्रुव कार्की र रमेश वाग्लेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन।
सचिव पदकोलागी उम्मेदवारी दिएका गोपाल श्रेष्ठ,पुरुषोत्तम कडरिया र दुर्गा श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। २ जना उपसचिव पदकोलागी ४ जनाको उम्मेदवारी परेको छ । उपसचिवको लागि प्रकाश कुमार कार्की, होतराज ढकाल, केशव प्रधान र चन्द्रबहादुर मानन्धरले उम्मेदवारी दिएका छन।
अघिल्लो निर्वाचनमा शुन्य रहेको महिलाको सहभागीता यो निर्वाचनमा पनि महिलाबाट १ जनाको पनि उम्मेदवारी नरहेकोले पदाधिकारीमा महिलाको सहभागीता नहुने भएको छ। निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार ५ जना पदाधिकारीको लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन।
निर्वाचनमा ८ सय १४ जना मतदाताले मतदान गर्ने छन।