२८,पौष रामेछाप- नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न.९ को वडा कमिटि गठन भएको छ। नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्ला ईञ्चार्ज देव शंकर पौडेल, नेकपा (एकीकृत समाजवादी) रामेछापका बरिष्ठ नेता रमेशबाबु श्रेष्ठ, प्रदेश कमिटि सदस्य दुर्गा घिमिरे जिल्ला पार्टी कमिटि सचिव ललसिङ घिसिङ लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थितिमा वडा कमिटि गठन गरिएको छ।कार्यक्रममा गणेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्य वडा कमिटि गठन गरिएको हो।