६,माघ काठमाडौ– नेकपा ( एकीकृत समाजवादी ) पार्टीको संगठन तथा कमिटी गठन निरन्तर चलिरहेका बेला नेकपा एमाले र नेपाली काङ्ग्रेसमा भने बिद्रोह जारिनै छ।बिहीवार एक सामान्य भेलाको बिच नेकपा एमाले र नेपाली काङ्ग्रेस रामेछापका करिब एक दर्जन नेताले पार्टी परित्याग गरि नेकपा ( एकीकृत समाजवादी ) पार्टीमा प्रवेश गरेका छ। पार्टी प्रवेश गर्नेमा रामेछाप जिल्लाका खाडादेवी गाउँपालिकाका कृष्ण श्रेष्ठ , सुजन श्रेष्ठ ,दल बहादुर श्रेष्ठ ,श्याम श्रेष्ठ , सागर पौडेल , सुदिप सिल्वाल सहित करिब एक दर्जन नेताहरू रहेका छन।नेकपा ( एकीकृत समाजवादी ) पार्टीका अध्यक्ष माधव कुमार नेपालले खादा र टीका लगाईदिएर स्वागत गरेका हुन। पार्टी प्रवेश गरे लगत्तै नेकपा एमाले र नेपाली काङ्ग्रेसमा भयंकर बिद्रोह भएको र आठ रेक्टरको भुकम्प आएको समेत नेकपा ( एकीकृत समाजवादी ) पार्टी रामेछापका सह ईन्चार्ज होम बुढाथोकीले बताएका छन।