८, माघ काठमाडौ– नेकपा (एकीकृत समाजवादी) पार्टीले रामेछापमा संगठन तथा कमिटी गठन कार्यलाई तिब्रता दिईरहेको छ भने नेकपा (एकीकृत समाजवादी) रामेछापमा प्रवेश गर्नेको लहर बढिरहेको छ। शनिबार एक भेलाका बिच नेपाली काङ्ग्रेस रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका वडा न.५ बाट करिब एक दर्जनजति ब्यक्तिहरु बिद्रोहगरि नेकपा (एस) मा प्रवेश गरेका छन।पार्टी प्रवेश गर्नेमा मेष बहादुर श्रेष्ठको नेतृत्वमा करिब एक दर्जन ब्यक्तिहरु रहेका छन। नव प्रवेशिकालाई नेकपा ( एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमर नेपालले खादा लगाएर स्वागत गरेका थिए भने भेलामा नेकपा ( एकीकृत समजवादी) पार्टी रामेछाप जिल्ला ईन्चार्ज देव शंकर पौडेल,सहईन्चार्ज होम बुढाथोकी वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ लगायत अन्य नेता कार्यकर्ताको समेत उपस्थिति रहेको थियो।