२५,माघ,काठमाण्डौ- राष्ट्रघाती एमसीसी खारेज गरिनुपर्छ भन्दै बानेश्वर बहुमुखी क्याम्पसकाअनेरास्ववियु क्रान्तिकारी बिद्यार्थीहरुले आन्दोलन गरेका छन।
क्याम्पसदेखि तिनकुनेसम्म राष्ट्रघाती एमसीसी खारेज गर, टनकपुर,महाकाली र एमसीसी सम्झौता एउटै हो,अमेरिकी साम्राज्यवाद मुर्दाबाद, हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारासहित सयौं बिद्यार्थीहरु आन्दोलनमा उत्रियका थिए।राष्ट्रघाती एमसीसी बिरुद्द खबरदारी गर्दै आफुहरुको नेतृत्वकर्ता नेकपा (माओबादी केन्द्र) लाई समेत कुनै पनि हालतमा एमसीसी पास गर्ने सहमति नगर्न खबरदारी गरेका छन।राष्ट्रघाती एमसीसी पास गर्न खोजे आवश्यक परे आफ्नै नेतृत्वकर्ताहरुको बिरोध गर्न समेत आफुहरु पछि नपर्ने नेकपा (माओबादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारी बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष मुकेश बुढाले बताए।
राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ भन्दै बानेश्वर बहुमुखी क्याम्पसका अनेरास्ववियु क्रान्तिकारी बिद्यार्थीहरुले बानेश्वर बहुमुखी क्याम्पसदेखि तिनकुनेसम्म गरिएको आन्दोलन (भिडियो सहित)