26 ,माघ 2078 काठमाण्डौ-राष्ट्रघाती एमसीसी फिर्ता गरिनुपर्छ भन्दै 6 राजनीतिक दल र 2 मोर्चाले आज काठमाण्डौमा आन्दोलन गरेका छन|आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल) नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी,बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल,नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल सहभागी थिए|
यो आन्दोलनको सुरुवात मात्रै रहेको र यसलाई अभियानकै रुपमा निरन्तरता दिने आन्दोलनमा उपस्थित एक नेताले बताए|
आन्दोलन कार्यक्रममा सहभागी जनाउदै राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसीले कुनै पनि हालतमा राष्ट्रघाती एमसीसी पास हुन नदिने भन्दै आफ्नो धारणा राखे नेपालि जनतालाई खसी देखाएर फर्सी खुवाउन लागेको भन्दै यस्ता कथित राष्ट्रघाती सम्झौता मान्य नहुने बताए| कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसीले राखेका थप अभिव्यक्ति भिडियो मार्फत