२५ चैत्र २०७८ काठमाण्डौ- रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष छनोटकोलागि दाबेदार गर्ने क्रममा YCL प्रदेस सदस्य युवा नेता बिजय तामङ (मोक्तान) ले वडा अध्यक्षकोलागि आफ्नो उम्मेदवारी दिएका छन।
तामङले आफुले युवाको हरेक समस्यादेखि आम नागरिकहरुको समस्यालाई हल गर्न सक्ने र पार्टीको हरेक निर्णयले मात्रै आफु अगाडी बढ्नुकोसाथै ५ बर्षसम्म कुनै पनि तलब भत्ता नलिने प्रतिबद्दता ब्यक्त गरेका छन।त्यस्तै सुनापति गाउँपालिका वडा न.४ को विकासकोलागी साम,दाम,दण्ड,भेद सबै गर्न तयार रहेको र आउने स्थानिय चुनावमा वडा न. ४ को वडा अध्यक्षको दाबि गरेको सुनौलोपानालाई जानकारी गराए।