३० चैत्र २०७८ काठमाण्डौ- नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटी सदस्य एवं रामेछाप जिल्लाको वरिष्ठ नेता रमेशबाबु श्रेष्ठले रामेछाप जिल्लाको सबै पालिकाहरुमा र एकीकृत समाजवादीको उम्मेदवार रहने वडाहरुमा पेनड्राईभ,ब्लुटुथवाला स्पिकर,कि ह्यांगर बेल्ट ५० थान,लकेट ५० थानको साथै सम्पूर्ण पालिका र ६४ वटै वडाहरुमा पार्टीको झण्डा १०० थान प्रदान गरेका छन।
रामेछापको बिभिन्न पालिका र वडा कमिटी गठन गर्ने क्रममा सङ्गठनलाई मजबुत बनाउनको लागि संगठनलाई अति आवश्यक उपकरणहरुको परिपूर्ति गर्नकोलागी आफुले सकेको सहयोग गरेको सुनौलोपानालाई बताए।आम नागरिकहरुको हक,हित र अधिकारको सुनिश्चितताको साथै अन्य समस्या समाधानकोलागि नेकपा (एकीकृत समाजवादी) र आफु निरन्तर लागि परेको र यसकोलागि व्यक्ति र सङ्गठन दरो हुनुपर्नेमा जोडदिदैं आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका छन।
काठमाण्डौ केन्द्रित व्यवसायिक क्षेत्रमा समेत सफल व्यवसायीको रुपमा परिचित श्रेष्ठ रामेछापको भूगोलमा केन्द्रितर रहेर पार्टी र जनताकोलागि अहोरात्र खटिरहेका छन उनि पछिल्लो समय पार्टी भित्र नेता कार्यकर्ता तथा जनतामाझ लिकप्रिय नेताको रुपामा परिचित हुदै छन।
आन्तरिक पर्यटन व्यवसायी क्षेत्रमा सफल व्यवसायीको रुपमा परिचित श्रेष्ठ काठमाण्डौ केन्द्रित होटल रेस्टुरेन्ट,क्यासिनो, तथा पछिल्लो समयमा काठमाण्डौ नजिकै रहेको १५० रोपनीमा समेत टोखा उर्बान फार्म संचालन गरि सफलता हासिल गरिरहेका छन।
पार्टीलाई मजबुत बनाउन र जनताको हकहितकोलागि आफु जस्तोसुकै कदम चल्नसमेत तयार रहेको श्रेष्ठ बताउछन।