२१ बैशाख २०७९ काठमाण्डौ– रामेछापको सुनापति गाउँपालिकामा यतिबेला नेकपा (माओवादी केन्द्र) ले चुनावी अभियान मार्फत घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ। यसै क्रममा नेकपा (माओवादी केन्द्र) ले सुनापति गाउँपालिकाको वडा वडामा गई जनतासँग मत माग्ने कार्य गरिरहेका छन।
मत माग्ने क्रममा सोमबार वडा न.५ को भिरपानी,रुपाकोट मंगलबार वडा न २ को दिमीपोखरी,मैरे,मानपुर बुधबार वडा न. ३ को हिलेदेवी,सादीडाडा लगायतको स्थानमा घरदैलो कार्यक्रम मार्फत जनतासँग मत माग्न पुगेका हुन।समग्र सुनापतिमा मत माग्ने क्रममा नेकपा (माओवादी केन्द्र) पार्टीलाई जनताले रुचाएको र नेकपा (माओवादी केन्द्र) कै उम्मेदवारहरुलाई जनप्रतिनिधिको रुपमा हेर्न चाहेको र जनताले चाहे अनुरुपनै आफुहरु जप्रतिनिधि भएर जनताको सेवा र समग्र सुनापतिको विकासको निम्ति सुनापति जनताले अत्यधिक बहुमत दिएर सिङ्गो सुनापति गाउँपालिकाको सम्पूर्ण सिटमा एकलौटी बिजयी गराउनेमा आफुहरु बिश्वस्त रहेको नेकपा (माओवादी केन्द्र) बाट पालिका अध्यक्षको उम्मेदवार रहेका ठुलोकान्छा तामाङले सुनौलोपानालाई बताए।
साथै सुनापति गाउँपालिका नेकपा (माओवादी केन्द्र) को लाल किल्ला रहेको र यहाँ अन्य पार्टीले कुनै पनि हालतमा जित हासिल गर्न नसक्ने दाबि समेत गरे।बिगतमा सिङ्गो पालिकामा नेकपा (माओवादी केन्द्र) ले नै जित हासिल गर्न सफल रहेकको र जितपछि सुनापतिमा विकासले गति लिन थालेको र अझै पनि त्यसलाई निरन्तरता दिनको निम्ति नेकपा (माओवादी केन्द्र) बाहेक अरु विकल्प नरहेको तामाङले जोड दिए।चुनावी माहोलसँगै जनताको घरघरमा गएर जनताको समस्या बुझ्नुकोसाथै मन माग्ने कार्यलाई निरन्तरता दिने तामाङले बताए।