१२ असार २०७९ रामेछाप-रामेछापको सुनापति गाउँपालिका वडा न. २ मा निर्माण भएको छोर्तेनको उद्घाटन गरिएको छ।आईतबार बौद्ध धर्म गुरुहरुको,स्थानिय जनप्रतिनिधिहरुको साथै स्थानियहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरि बौद्ध धर्म र संस्कार अनुरुप पुजा पाठ गरि उक्त छोर्तेनको उद्घाटन गरिएको हो।
सुनापति गाउँपालिका वडा न. २ का वडा अध्यक्ष पदम थापा मगरको सभाध्यक्षमा सोनाम तामाङले संचालन गरेको छोर्तेन उद्घाटन समारोह कार्यक्रममा प्रमुख अतिथिको रुपमा रामेछाप जिल्लाको जिल्ला समन्वय उप-प्रमुख प्रेम सागर थापा,बिशेष अतिथि सुनापति गाउँपालिकाकाअध्यक्ष ठुलो कान्छा तामाङ लगायत धर्मगुरुहरु र सथानियाहरुको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका बिशेष अतिथि सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले बौद्द धर्मको संरक्षण तथा प्रबर्दनका निम्ति यस्ता छोर्तेनहरुले महत्व बोकेको र स्थानीय स्तरमा यस्ता छोर्तेन,बाटो,ठुल ठुला भवनहरुको निर्माण हुनु भनेको संघियताको देन रहेकोमा जोड दिए। साथै आफ्नो कार्यकालमा धार्मिक र पर्यटकीय महत्व बोकेको यस्ता संरचनाको निर्माणकोसाथै अन्य विकास निर्मणको कार्यलाई समेत तिब्रता दिने बताए।
छोर्तेन उद्घाटन समारोहमा धार्मिक पर्यटकीय र अन्य विकास निर्माणको बिषयमा अध्यक्ष ठुलोकान्छा तामाङको भनाई भिडियोमा हेर्नुहोस
https://fb.watch/dVameJkwp-/